भोटेकोशी बाढी: ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, १८ वटा विद्यालय प्रभावित
२० भाद्र, २०८३, शनिवार
- बाढीबाट पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन् ।
काठमाडौं: भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्बजनिक गरिएको छ ।
रसुवामा आएको बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रारम्भिक आँकलन विस्तृत क्षति विवरण नभएको प्राधिकरणले स्पष्ट पारेको छ । प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त घरधुरीका आधारमा प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जना प्रभावित भएको अनुमान गरिएको छ । त्यसैगरी ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
त्यस्तै, बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा संस्थामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ । यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने प्रारम्भिक आँकलन गरिएको छ ।
बाढीबाट पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन् ।
ऊर्जा क्षेत्रतर्फ ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।