बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको आग्रह
१२ भाद्र, २०८३, शुक्रवार
- सानो निजी सवारी साधनमा थोरै-थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको सचिवालयले जनाएको छ ।
काठमाडौँ: रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सम्बन्धित सबैमा अपिल गरेको छ ।
विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको जनाउँदै सचिवालयले पूर्वसमन्वयविना प्रभावित क्षेत्रमा जाने क्रमले उद्धार तथा राहत कार्यमा थप समस्या सिर्जना गरेको जनाएको छ ।
सानो निजी सवारी साधनमा थोरै-थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम सिर्जना भएको सचिवालयले जनाएको छ । यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिन भएको तथा नेपाल सरकारका मुख्य उद्धार टोली र प्राथमिकताका राहत सामग्री बोकेका सवारी साधनसमेत समयमा गन्तव्यमा पुग्न नसकेको जनाएको छ ।
पूर्वतयारी र समन्वयविना जोखिमयुक्त भूगोलमा पुग्दा राहत वितरणमा खटिने व्यक्तिको सुरक्षामा समेत जोखिम बढेको सचिवालयको भनाइ छ । सचिवालयले भनेको छ- 'वास्तविक पीडितसम्म शीघ्र राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने कार्य रोकी सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह गर्दछौँ ।'
सचिवालयले अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने नागरिक तथा संस्थाले अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई सम्बन्धित स्थानमा पुर्याउने एकीकृत व्यवस्था मिलाउने सचिवालयले जनाएको छ ।
सद्भाव र सहयोगको भावनाको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत सामग्री उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री सचिवालयले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतले नेपाललाई थप राहत पठाउने
-
गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने
-
जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता
-
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
-
बाढी प्रभावितका लागि अनधिकृत रकम संकलन नगर्न प्रधानमन्त्रीको सचिवालयको चेतावनी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।