बाढी प्रभावितका लागि अनधिकृत रकम संकलन नगर्न प्रधानमन्त्रीको सचिवालयको चेतावनी
१२ भाद्र, २०८३, शुक्रवार
- जथाभावी क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौँ: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत रूपमा रकम सङ्कलन भइरहेको भन्दै प्रधानमन्त्री सचिवालयले सहयोगकर्तालाई सजग रहन आग्रह गरेको छ ।
कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विपद्को कठिन अवस्थामा प्राप्त हुने सहयोगको पारदर्शी रूपमा उपयोग, उचित व्यवस्थापन तथा सम्भावित आर्थिक ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खाता नम्बरमा मात्र रकम सहयोग गर्न सचिवालयले अनुरोध गरेको छ ।सचिवालयले भनेको छ- 'विपद्का बेला हुने आर्थिक सहयोग सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र खातामार्फत मात्र सहयोग गर्नुहोस् ।'
सरकारका तर्फबाट बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउन सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणसमेत सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।
सरकारले विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ । सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (डलर खाता) - खाता नम्बर : ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड- खाता नम्बर : ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : ११३०१००००३७६२००१, ११३०१०००००००६००६
एभरेस्ट बैंक लिमिटेड- खाता नम्बर : ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड- खाता नम्बर : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड- खाता नम्बर : ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक- खाता नम्बर : १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड- खाता नम्बर : ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोष
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : १४३०१०००००२५००६, १४३०१००००११६४००१
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भारतले नेपाललाई थप राहत पठाउने
-
गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने
-
जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता
-
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
-
बाढी प्रभावितका लागि अनधिकृत रकम संकलन नगर्न प्रधानमन्त्रीको सचिवालयको चेतावनी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।