बडीमालिकामा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

८ भाद्र, २०८३, सोमवार
सारांश
  • जनैपूर्णिमाको अवसरमा बडीमालिकामा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक, स्थानीयवासी तथा उद्धारमा खटिने निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ: धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा फोर–जी टावर स्थापना गरेपछि सेवा सुरु भएको हो ।

 

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताएका छन् ।

 

जनैपूर्णिमाको अवसरमा बडीमालिकामा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक, स्थानीयवासी तथा उद्धारमा खटिने निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

 

उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्‍याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो । करिब एक महिनाको प्रयासपछि टावर जडान गरी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।

 

नेपाल टेलिकमले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । यसअघि जुम्लाको सिँजा, डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा पनि फोर–जी सेवा विस्तार गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार