नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता

८ भाद्र, २०८३, सोमवार
सारांश
  • कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई तथा गृहसचिव एवं केन्द्रको सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो ।

काठमाडौँ: नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्ने सम्बन्धमा नेपाल र एसियाली विपद् पूर्वतयारी केन्द्रबीच आज परराष्ट्र मन्त्रालयमा सम्झौता भएको छ ।

 

सम्झौतामा परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतम र केन्द्रका कार्यकारी निर्देशक अस्लाम परवाइजले हस्ताक्षर गरेका छन् ।

 

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई तथा गृहसचिव एवं केन्द्रको सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो । 

 

नेपालमा उपकेन्द्र स्थापना भएपछि विपद् प्रतिरोधी क्षमता थप मजबुत बनाउन तथा दिगो विकासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।एसियाली विपद् पूर्वतयारी केन्द्र गैरनाफामूलक अन्तरसरकारी संस्था हो । नेपाल सन् २०२५–२०२६ का लागि केन्द्रको सञ्चालक समितिको अध्यक्षसमेत रहेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार