- अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
काठमाण्डौ, ०७ भाद्र । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।
यस अवधिमा निर्यातमा भने अझ ठूलो वृद्धि देखिएको छ । गत वर्ष साउनमा करिब २४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ । निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ । साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
वैदेशिक व्यापारको संरचनामा समेत केही सुधार देखिएको छ । कुल व्यापारमा निर्यातको हिस्सा गत वर्षको साउनमा १४.३३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.११ प्रतिशत पुगेको छ ।
त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ । आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ । आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर यस वर्ष ४.८४ मा झरेको छ । निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको हो ।
यद्यपि, व्यापार घाटाको आकार अझै ठूलो रहेकाले आयातमा निर्भरता घटाउँदै निर्यात बढाउने चुनौती भने कायमै रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड
-
साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो
-
अमेरिकाले प्रतिबद्धता पूरा गरेपछि मात्रै होर्मुज बारे छलफल हुने इरानको अडान
-
रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?
-
सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।