नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोडको कारोबार

५ भाद्र, २०८३, शुक्रवार
सारांश
  • आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर १३.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धौलागिरि लघुवित्तको शेयर ५.२६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २४ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार