- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्न सक्ने धम्की दिएका छन् ।
एजेन्सी, ०२ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भइरहेको वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्न सक्ने धम्की दिएका छन् ।
ट्रम्पले ओमानले वार्तामा के अवरोध गरेको हो भन्नेबारे उनले स्पष्ट पारेका छैनन् । अमेरिका-इरान वार्तामा ओमानले मध्यस्थको भूमिका निर्वाह गर्दै आएको छ ।
युद्धका क्रममा ओमानमा समेत कैयौं आक्रमण भएपनि उन्सले युद्ध रोक्न भूमिका खेल्दै आएको छ ।
ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग अमेरिकाको गोप्य वार्ता भइरहेको दाबीसमेत गरेका थिए । तर, इरानको रिभोलुसनरी गार्डले उक्त दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभएको जनाएको छ ।
हाल अमेरिका-इरान वार्ताको मुख्य विषय होर्मुज जलडमरूमध्य खुलाउने विषय बनेको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको महत्त्व निकै ठूलो छ ।
इरानले जलडमरूमध्य खुलाउन अमेरिकाबाट क्षतिपूर्ति माग गरिरहेको छ । यसैबीच ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अमेरिकी नीति यथावत् रहेको दोहोर्याएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री कार्यालयले भन्यो- चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं
-
करदाता प्रोत्साहन उपहार घोषणा, पर्साका साहले जिते १० लाखको बम्पर पुरस्कार
-
जलवायु न्यायलाई व्यवहारमा उतार्न विश्व समुदायलाई मन्त्री खनालको आग्रह
-
राष्ट्र बैंकले एक महिनाका लागि १८ अर्बको निक्षेप संकलन गर्दै
-
ओमानमा विश्वकप लिग- २ को सिरिज खेल्ने नेपाली टिमको घोषणा
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।