- गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा गत चैत्रमा हङकङ पुगेका थिए ।
काठमाडौँ: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा गत चैत्रमा हङकङ पुगेका थिए ।
देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काँग्रेस संस्थापन इतर पक्षका नेता कार्यकर्ताले स्वागत गरेका छन् । कांग्रेसको संस्थापन इतर समूहका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेर चुनदेवी निवाससम्म पुर्याउने बताइएको छ ।
विमानस्थलमा पूर्णबहादुर खडका, कृष्ण प्रसाद सिटौला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. प्रकाश शरण महत, एनपी साउद, दिपक खड्कालगायतका नेताहरु पुगेका छन् । विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. शशांक कोइरालाले आफुहरुको सभापति देउवा नै भएको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।