भक्तपुरको होल्डिङ सेन्टरमा एक जना मृत भेटिए

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ ।

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि–९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरका रहेका एक भूमिहीन सुकुम्बासी मृत अवस्थामा भेटिएका छन् । 

 

बिहीबार बिहान करिब पौने ११ बजे तालिम केन्द्रको दोस्रो तलाको कोठा नम्बर २०७ मा मृत अवस्थामा भेटिएको बताइएको छ ।

त्यसपछि घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित सुरक्षाकर्मी पुगे पनि सुकुम्बासीले शव उठाउन नदिएपछि उनीहरु फर्किएका थिए ।

 

पासवान श्रीमती र छोरा, बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । श्रीमती बारा गएको बेला कोठामा एक्लो परेका पासवानले ज्यान लिएको आशंका गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार