रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता
२८ श्रावण, २०८३, बिहिवार
- मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
रोल्पा: थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ ।
बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेका छन् । घटनास्थलमा बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।