- रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन् ।
काठमाण्डौ, २७ श्रावण । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । रोनाल्डो र जर्जिनाले अगस्ट ११ मा आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन् ।
यद्यपि, उनीहरूले विवाह भएको वास्तविक स्थान भने सार्वजनिक गरेका छैनन् । रोनाल्डोको निजी निवासमा विवाह भएको हुन सक्ने अनुमान गरिएको छ । विवाह निजी राख्न र सञ्चारमाध्यम तथा क्यामेराबाट टाढा रहन रोनाल्डोको आफ्नै निवास रोजिएको हुन सक्ने बताइएको छ ।
रोनाल्डो र जर्जिनाको विवाह उनीहरूको प्रेम सम्बन्धको अर्को महत्वपूर्ण चरणका रूपमा आएको हो । जर्जिनाले सन् २०२५ को अगस्ट ११ मै सामाजिक सञ्जालमार्फत रोनाल्डोसँग आफ्नो विवाह तय भएको सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरूका समर्थक विवाहको मिति र स्थानबारे जानकारीको प्रतीक्षामा थिए । रोनाल्डोले यसअघि विश्वकपपछि विवाह गर्ने इच्छा रहेको बताएका थिए । तर उनले निश्चित मिति सार्वजनिक गरेका थिएनन् । त्यसपछि विवाहको सम्भावित मितिलाई लिएर विभिन्न अनुमान हुन थालेका थिए ।
सन् २०२६ को अगस्ट महिनाका पहिलो दुई शनिबारलाई समेत सम्भावित विवाहको मितिका रूपमा हेरिएको थियो। विवाह कहाँ हुने भन्ने विषयमा पनि विभिन्न अनुमान सार्वजनिक भए ।
विवाहसम्बन्धी हल्ला यति धेरै फैलिएको थियो कि केही समर्थक रोनाल्डो र जर्जिनाको विवाह भएको अनुमान गरिएको एउटा समारोहस्थल नजिकैसमेत पुगेका थिए । पछि उक्त समारोह रोनाल्डो तथा जर्जिनासँग कुनै सम्बन्ध नभएको खुलेको थियो ।
रोनाल्डो र जर्जिनाले भने अन्ततः अगस्ट ११ मा आफ्नो विवाह भएको पुष्टि गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।