रविको टिप्पणी- चार महिनामा नागरिकका आवाज उस्तै, माइतीघरमा अझै गुनासा र प्रदर्शन
२७ श्रावण, २०८३, बुधवार
- उनले भने- 'हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको टिप्पणी गरेका छन् ।
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाज उस्तै रहेको र माइतीघरमा अझै नागरिकका गुनासा र प्रदर्शन देखिनु चिन्ताको विषय भएको बताएका हुन् ।
उनले भने- 'हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौँ। तर आवाजहरू उस्तै देखिएका छन्। म माइतीघरमा अझै पनि भीडभाड देखिरहेको छु। आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन ।’
लामिछानेले सरकारबाट तत्काल परिणाम खोज्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए । चार महिनामै सबै परिवर्तन सम्भव नभए पनि नागरिकका अपेक्षा सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले युवा सांसद तथा मन्त्रीहरूलाई पदमा रमाउनेभन्दा जिम्मेवारी पूरा गर्न केन्द्रित हुन आग्रह गरे । अहिलेको पुस्ताले अवसरलाई सही ढंगले उपयोग गर्न नसके आगामी पुस्ताले पनि त्यस्तो अवसर नपाउने उनको चेतावनी थियो ।
विगतमा युवा नेतृत्वको अभाव भन्दै आफूहरूले उमेरका आधारमा अनुभवी पुस्ताको आलोचना र अपमानसमेत गरेको हुन सक्ने लामिछानेले स्वीकार गरे । अहिले ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको भन्दै उनले युवा नेतृत्व सरकारमा आउनु मात्रै वर्षौँदेखिको सपना पूरा हुनु नभएको बताए ।
लामिछानेले चुनावको परिणाम र प्रतिनिधिसभामा युवाको उपस्थितिलाई अब काम र परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती रहेको धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।