दीपक भट्टविरुद्धको पूरक मुद्दामा अदालतको आदेश, थप धरौटी नलिइने

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर गरेको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो। पूरक मुद्दामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समेत प्रतिवादी (मतियार) बनाइएको छ।

काठमाडौं: व्यवसायी दीपक भट्टविरुद्ध दायर गरिएको पूरक सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले उनलाई तारेखमा राख्न नपर्ने र थप धरौटीसमेत नलिने आदेश दिएको छ।

 

यद्यपि, सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल मुद्दामै भट्टलाई थुनामा राख्ने आदेश भएकाले उनी तत्काल रिहा भने हुने छैनन्।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध यसअघि दायर गरेको मुद्दामा थप अनुसन्धान गरी पूरक अभियोगपत्र दायर गरेको थियो। पूरक मुद्दामा पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई समेत प्रतिवादी (मतियार) बनाइएको छ।

 

मुद्दामा पौडेल अर्थमन्त्री रहेका बेला पद र प्रभावको दुरुपयोग गरी श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर अर्थात् ३ लाख ७५ हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँका दरले अत्यन्तै न्यून मूल्यमा भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्टलाई हस्तान्तरण गर्न सहजीकरण गरेको आरोप लगाइएको छ। उक्त कम्पनीको पूर्ण स्वामित्व भट्टको इन्फिनिटी होल्डिङ्ससँग रहेको बताइएको छ।

 

पूरक मुद्दामा भट्टविरुद्ध थप ४७ करोड ७७ लाख ६६ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको थियो।

 

यो मुद्दा दीपक भट्टसँग सम्बन्धित ठूलो सम्पत्ति शुद्धीकरण प्रकरणकै अर्को हिस्सा हो। भट्ट यसअघि नै मूल मुद्दामा जेल चलान भएका थिए।

 

विशेष अदालतले बुधबार पूरक मुद्दामा भट्टलाई थप तारेखमा राख्नु नपर्ने र थप धरौटीसमेत नलिने आदेश गरेको हो।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार