सौराहामा हात्तीलाई वनभोज

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • युनाईटेड हात्ती सहकारी संस्थाको आयोजनामा बिभिन्न सामुदायिक वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ ।

चितवन: चितवनको पर्यटकीय क्षेत्र सौराहामा १५ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोजको आयोजना गरी मनाइएको छ ।

 

वनभोज कार्यक्रममा हात्तीलाई मन पर्ने परिकार र फलफूलहरू सामुहिक रूपमा खुवाइएको थियो । उक्त अवसरमा हात्तीहरूलाई भेली चामलको खिर, पाउरोटी, उखु, गाजर, ड्राईगन फ्रुट, केरा, फर्सी, खरभुजा लगायतको परिकार खान दिइएको थियो ।

 

वनभोजमा सरकारी र निजी गरी ६० वटा हात्तीहरू सहभागी रहेका थिए । सधै जंगल गस्ती र पर्यटकलाई जगल सफारी गराउन व्यस्त रहने हात्तीहरू वनभोजमा रमाएका थिए । 

 

युनाईटेड हात्ती सहकारी संस्थाको आयोजनामा बिभिन्न सामुदायिक वनहरूको सहयोगमा हात्ती दिवस तथा हात्तीलाई वाभोज कार्यक्रमको आयोजना हुँदै आएको छ ।

 

यस वर्ष विश्व हात्ती दिवसको मुख्य सन्देश ‘सुरक्षित तथा वातावरणमैत्री करिडोर, सुरक्षित हात्ती’ रहेको छ । नेपालमा करिब २५० देखि ४०० वटा वन्य हात्ती रहेको अनुमान छ भने करिब १९० घरपालुवा हात्ती रहेको बताइन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार