श्रीलंकन अलराउण्डर धनञ्जय पोखराबाट पुन: एनपीएल खेल्दै

२०८३ श्रावण २३ शनिवार
सारांश
  • नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले श्रीलंकन अलराउण्डर धनञ्जय लक्षणलाई पुन: तेस्रो सिजनका लागि पनि भित्र्याएको छ ।

काठमाण्डौ, २३ श्रावण । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी पोखरा एभेन्जर्सले श्रीलंकन अलराउण्डर धनञ्जय लक्षणलाई पुन: तेस्रो सिजनका लागि पनि भित्र्याएको छ ।

 

पोखराले लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनले गत संस्करणमा पनि पोखराको प्रतिनिधित्व गर्दै ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए । गत सिजनमा उनले ३ खेलमा १० विकेट लिएका थिए ।

 

२७ वर्षीय लक्षणले श्रीलंकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने ७० टी-२० खेल खेलेका छन् ।

 

पोखरा एभेन्जर्सले यसअघि बंगलादेशका स्टार अलराउण्ड शकिब अल हसनलाई पनि भित्र्याएको छ ।

 

कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरामा सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेल, सन्नी विक, विवेक राना मगर, सुदिप अर्याल, अर्जुन घर्ति, प्रतिक पोखरेल र विपिन आचार्यलगायतका नेपाली खेलाडी रहेका छन् । पोखराको हेड कोचमा श्रीलंकाकै अजन्था मेन्डिस रहेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार