उत्कृष्ट सेवा दिने सरकारी अस्पताललाई पुरस्कृत गर्ने स्वास्थ्य मन्त्रालयको योजना

२०८३ श्रावण २३ शनिवार
सारांश
  • स्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको छ ।

काठमाण्डौ, २३ श्रावण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने योजना अघि सारेको छ ।

 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साल चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत अस्पताल सेवाको सुधारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । सोहीअनुसार ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

 

कार्यविधि लागू भए पनि यसको प्रभावकारी कार्यान्वयन र अस्पताल सेवामा थप सुधारका लागि आवश्यक पहल गर्नुपर्ने देखिएकाले मन्त्रालयले सबै सरकारी अस्पताललाई सेवा सुधारमा सक्रिय हुन आग्रह गरेको छ ।

 

संघ, प्रदेश र स्थानीय तहअन्तर्गत रहेका सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अस्पताललाई छनोट गरी निकट भविष्यमा सम्मान तथा पुरस्कार प्रदान गर्ने मन्त्रालयको योजना रहेको छ ।

 

मन्त्रालयले सबै तहका अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको अपेक्षाअनुसार स्वास्थ्य सेवा प्रवाह सुधार गर्न आग्रह गरेको छ ।

 

मन्त्रालयले अस्पताल तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार