नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

२३ श्रावण, २०८३, शनिवार
सारांश
  • वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

काठमाडौं: नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई प्रहरीले पक्राउ गरेको छ । 

 

वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको   हो । 

 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार