१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
१८ श्रावण, २०८३, सोमवार
- मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ।
काठमाडौं: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय,प्रादेशिक,सामुदायिक,शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ,जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ।
मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन,समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा नयाँ सरकार गठनका लागि आइजनकोटले अघि सारे चार सर्त
-
चलचित्र ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक, माघ १ गते प्रदर्शन हुने
-
सौरभ राज पन्तको टिप्पणी - प्रम बालेन शाह `पोष्टर ब्वाई´ बाट `जोकर´ मा परिणत हुने खतरा छ
-
कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट
-
अब सरकारलाई शंकाको लाभ दिदैनौं- गगन थापा
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।