होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
२०८३ श्रावण २१ विहिवार
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थ प्रयोग भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
काठमाण्डौ, २१ श्रावण । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थ प्रयोग भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ ।
कार्यालयले होटल तथा रेष्टुरेन्टमा हुने धुम्रपानका कारण धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा असर परेको भन्दै कानुनी व्यवस्थाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपान गर्ने स्थानलाई चारैतिरबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।
कार्यालयले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा कानुनले तोकेका मापदण्ड पूरा गर्न सबै व्यवसायीलाई सूचित गरेको छ । अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ अनुसार अधिकतम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गृहमन्त्रीसँग छलफलपछि मृतक मेहताका आफन्त शव बुझ्न तयार
-
कांग्रेस विवाद बारे देउवा पक्षको पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा इजलास गठन
-
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
-
होटल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न काठमाडौं प्रशासनको निर्देशन
-
फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।