- प्रारम्भिक अवधारणाको विकासमा लेस्टर वायरको पनि योगदान रहेको मानिन्छ । उक्त प्रणालीमा रातो र हरियो बत्ती प्रयोग गरी सवारीसाधन र पैदल यात्रुको आवागमन व्यवस्थापन गरिन्थ्यो ।
काठमाण्डौ, २० श्रावण । हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइन्छ । सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरको युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा विश्वकै पहिलो विधुतीय ट्राफिक बत्ती जडान गरिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
विश्वको पहिलो विधुतीय ट्राफिक बत्तीको डिजाइन जेम्स होजले गरेका थिए । प्रारम्भिक अवधारणाको विकासमा लेस्टर वायरको पनि योगदान रहेको मानिन्छ । उक्त प्रणालीमा रातो र हरियो बत्ती प्रयोग गरी सवारीसाधन र पैदल यात्रुको आवागमन व्यवस्थापन गरिन्थ्यो ।
यस दिवसको मुख्य उद्देश्य ट्राफिक बत्तीले सडक दुर्घटना न्यूनीकरण, सवारी चाप व्यवस्थापन तथा चालक, पैदलयात्री र साइकलयात्रीको सुरक्षामा पुर्याएको महत्त्वपूर्ण योगदानप्रति जनचेतना फैलाउनु हो ।
ट्राफिक बत्तीको विकासक्रम सन् १८६८ मा बेलायतको लन्डनमा ग्यासबाट चल्ने हातैले सञ्चालन गरिने संकेत प्रणालीबाट सुरु भएको मानिन्छ । त्यसयता प्रविधिमा निरन्तर सुधार हुँदै आज कृत्रिम बुद्धिमत्ता र स्वचालित प्रणालीमा आधारित आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीसम्म यसको विकास भएको छ ।
विश्वभर सडक सुरक्षा प्रविधिमा भएका निरन्तर सुधार र सुरक्षित यातायात व्यवस्थाको महत्त्वलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।