एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
१९ श्रावण, २०८३, मगलवार
- अख्तियारको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौँ: नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भुक्तानी रकमको कमिसनका विषयमा बारम्बार मोलमोलाइ गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिएको र घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नियन्त्रणमा लिएको जनाएको छ ।
तामाङविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।