करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
१७ श्रावण, २०८३, आइतवार
- विभागले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन र समयमै आवश्यक विवरण प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
काठमाडौँ: आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्रीमा बीजक लिने-दिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन भइरहेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सबै उपभोक्तासँग आग्रह गरेको छ।
विभागले नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बीजक लिएका योग्य उपभोक्ताले २०८३ साउन १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण विभागको प्रणालीमा प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
यसका लागि विभागले https://prize.ird.gov.np मार्फत दर्ता गर्ने व्यवस्था खुला गरेको जनाएको छ।
विभागका अनुसार भुक्तानी सेवा प्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट २०८३ साउन १ गतेदेखि भएका खरिद भने यस उपहार कार्यक्रममा स्वतः समावेश हुनेछन् । त्यसैले त्यस्ता खरिदका बीजकको विवरण छुट्टै प्रणालीमा प्रविष्ट गर्न आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ ।
विभागले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन र समयमै आवश्यक विवरण प्रविष्ट गरी उपहार कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
आन्तरिक राजस्व विभागले जारी गरेको कार्यविधिअनुसार प्रत्येक दिन एक जना चिठ्ठामा छनोट हुने विजेताले एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, पाक्षिक रुपमा एक जना विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने व्यवस्था छ । पुरस्कार रकममा आयकर ऐन, २०५८ अनुसार आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर भने कट्टी गरिनेछ । पाक्षिक विजेताको छनौट हरेक महिनाको १ गते र १६ गते गरिने बताइएको छ ।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेका वस्तु वा सेवाको वैधानिक कर बिजक सुरक्षित राख्नुपर्नेछ। विजेता घोषित भएपछि १५ दिनभित्र सक्कल बिजक, नागरिकता वा अन्य परिचयपत्र, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर सहित नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आवश्यक जाँचपछि १० दिनभित्र पुरस्कार वितरण गरिने कार्यविधिमा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
-
गगन थापाको सरकारलाई सुझाव: ‘डिजिटल अर्थतन्त्र बढाउन निजी क्षेत्रमाथि विश्वास गर्नुस्’
-
स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।