- निगमले १४.२ केजी ग्यास सिलिन्डरको बिक्री सुरु भइसकेपछि बजारमा सहज आपूर्ति सुनिश्चित गर्न सबै ग्यास उद्योगलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।
काठमाडौं: नेपाल आयल निगम लिमिटेडले बजारमा एलपी ग्यासको अभाव भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निगमले दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको र उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
निगमका अनुसार २०८३ साउन ३१ गतेको निर्णयअनुसार १४.२ केजी एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण व्यवस्था प्रभावकारी रूपमा लागू गरिएको छ। दैनिक मागअनुसार पर्याप्त परिमाणमा ग्यास आपूर्ति भइरहे पनि विभिन्न सञ्चार माध्यममा ग्यास अभावको समाचार प्रकाशित भएपछि निगमले स्पष्टीकरण जारी गरेको हो।
निगमले १४.२ केजी ग्यास सिलिन्डरको बिक्री सुरु भइसकेपछि बजारमा सहज आपूर्ति सुनिश्चित गर्न सबै ग्यास उद्योगलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ। साथै, विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा बढ्दो मागलाई ध्यानमा राख्दै निगमले २०८३ साउन १६ गते शनिबारदेखि टेकुस्थित कार्यालयबाट समेत नेपाल ग्यास, एलपी ग्यास, एस्ट्रल ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
ग्यास प्राप्त गर्न समस्या परेमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५७१९१०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ।
निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ। आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तासमक्ष निगमले पुनः अनुरोध गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।