- राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ ।
जनकपुरधाम: जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिएका छन् ।
कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै, बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
-
सञ्चारमाध्यममा धरपकड गर्ने कार्य गलत भएको रास्वपाको निष्कर्ष
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।