सप्तरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

१७ श्रावण, २०८३, आइतवार
सारांश
  • राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ ।

जनकपुरधाम: जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।

 

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले जानकारी दिएका छन् ।

 

कर्फ्यु हटाएर प्रशासनले पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

 

राजबिराज नगरपालिकाको पूर्वमा खाडो खोलासम्म, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडको बसविट्टीसम्म र दक्षिणमा कोसी पश्चिम मूल नहरसम्म (विष्णुपुर गाउँपालिका) निषेधाज्ञा जारी गरिएको छ ।

 

त्यस्तै, बोदेबरसाइन नगरपालिकाको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक र दक्षिणमा मानराजा चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार