- स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा र लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सिरहा: सिरहाको अवस्था तनावग्रस्त बनेको छ ।
गोलबजार क्षेत्रमा जारी तनावका बीच प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बिहीबार प्रदर्शन उग्र बनेपछि गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा लुटपाट र आगजनी भएको छ ।
प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेको उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा र लहान नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र शान्ति तथा सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।