लगानी आकर्षित गर्न कानुनी सुधार केही सातामै सक्न अर्थमन्त्रीको जोड
८ श्रावण, २०८३, शुक्रवार
- उनले लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण र विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी सुधार केही साताभित्रै टुंग्याउनुपर्ने आवश्यकता पनि औँल्याए।
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता 'मिसन मोड'मा समाधान गर्नुपर्ने बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनअन्तर्गत उद्योग मन्त्रालयसँग सम्बन्धित सुधार योजनाबारे आयोजित छलफलमा उनले उद्योग मन्त्रालयले सुधारका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीको उपस्थितिमा भएको छलफलमा वाग्लेले सुधारसम्बन्धी काम कार्यतालिकासहित अघि बढाउन र दुई मन्त्रालयबीचको समन्वय बढाउन आवश्यक रहेको बताए। बजेटमा समेटिएका अधिकांश सुधारका कार्यक्रम उद्योग मन्त्रालयसँग सम्बन्धित भएकाले आवश्यक परे अर्थ मन्त्रालयबाट विज्ञ, स्रोतसाधन तथा प्राविधिक सहयोग उपलब्ध गराइने उनले उल्लेख गरे।
उनले लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण र विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी सुधार केही साताभित्रै टुंग्याउनुपर्ने आवश्यकता पनि औँल्याए।
उद्योगमन्त्री गौरीकुमारीले मन्त्रालयले बजेटमा समावेश सुधार कार्यक्रम कार्यान्वयनका लागि गृहकार्य गरिरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँग प्राविधिक समन्वय आवश्यक रहने बताइन्। उनका अनुसार उद्योग मन्त्रालयअन्तर्गत बजेटमा उल्लेख भएका आठमध्ये केही सुधार कार्यक्रम कार्यान्वयन सुरु भइसकेका छन् भने बाँकी प्रक्रिया अगाडि बढिरहेको छ।
चालु आर्थिक वर्षको बजेटमा उद्योग मन्त्रालयअन्तर्गत कम्पनी ऐन र दामासाहीसम्बन्धी ऐन संशोधन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठ कानुनी तथा नीतिगत सुधारका योजना समावेश छन्।
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले अब नियमित रूपमा सम्बन्धित मन्त्रालयसँग प्रगति समीक्षा गर्ने र कार्यतालिकाअनुसार अनुगमन गर्ने तयारी गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।