तीनवटा पार्टी मिल्दा पनि प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेका छौँ : प्रदीप ज्ञवाली
८ श्रावण, २०८३, शुक्रवार
- संविधान संशोधनको नाममा भइरहेको गतिविधिले मुलुक अप्ठ्यारो अवस्थामा रहेको बताए।
काठमाडौं: नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अफ्यारो अवस्थामा रहेको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनता सजग नभए संविधानमाथि नै चुनौती सिर्जना भएको बताए।
उनले भने, ‘झन्डै ७० वर्षदेखि हामीले हासिल गरेका उपलब्धिहरू धरापमा छन्। हामीले एउटा यस्तो प्रधानमन्त्री पाएका छौँ, जसले फेसबुकमा पोस्ट गर्न सक्नुहुन्छ। तर गणतन्त्रको दिवसको दिन गणतन्त्रको शुभकामना भन्न उहाँलाई आउँदैन। खुल्ला मञ्चमा जानुहुन्छ, तर गणतन्त्रको पक्षमा उहाँ बोल्नुहुन्न।’
संविधान संशोधनको नाममा भइरहेको गतिविधिले मुलुक अप्ठ्यारो अवस्थामा रहेको बताए।
उनले भने, ‘शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ। संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीनवटा पार्टीहरू मिल्दा पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एक तिहाइ हाम्रो सङ्ख्या छैन। राष्ट्रिय सभा छ, त्यसले ब्यालेन्स गर्ला, आशा गरौँ।’
संविधानमा हुने प्रतिकूल संशोधनलाई प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेको बताए।
उनले थपे, ‘भूराजनीतिक भुमरीमा मुलुकलाई धकेल्ने अनेकौँ खालका प्रयत्नहरू तारनतार भइरहेका छन्। सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्रि तिब्बत गतिविधिहरू, दलाइ लामाको जन्मोत्सव सबैलाई थाहा छ।’
उनले प्रधानमन्त्रीले संसद्मा उभिएर आत्मघाती अभिव्यक्ति दिएकाले नेपाल भूराजनीतिक भुमरीमा धकेलिन सक्ने बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
-
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ र उद्योग मन्त्रालयबीच छलफल
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।