प्रचण्डको आत्मसमीक्षा- सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो
८ श्रावण, २०८३, शुक्रवार
- विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए।
काठमाडौं: नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधानसभापछि आफूहरू काठमाडौं र सत्ता केन्द्रित भएको स्वीकार गरेका छन्।
४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरू सत्तामै केन्द्रित हुनु नै गल्ती भएको बताए।
उनले भने, ‘शान्ति सम्झौता र संविधानसभापछि काठमाडौं र सत्ताको समीकरणको कार्यनीतिक कामै होइन भन्दिनँ, त्यो पनि काम हो, तर त्यो कार्यनीतिक कुरा थियो। हामी स्ट्राटेजीलाई हामीले छोड्यौँ।’
विचारको स्कुलिङ निरन्तर युवा पुस्तामा गर्नुपर्ने कुरामा कम्युनिस्टहरूको गल्ती भएको बताए।
उनले भने, ‘नेपाल राष्ट्रको स्वाधीनताको रक्षाको निम्ति निरन्तर चनाखो हुनुपर्ने, शक्ति सञ्चय गरिराख्नुपर्ने, शक्ति आर्जन गरिराख्नुपर्ने, जनताको बीचमा गइराख्नुपर्ने र जनतालाई आन्दोलित गरिराख्नुपर्ने प्रमुख कामबाट हामी केही विमुख हुन पुग्यौँ, यही नै मुख्य कमजोरी भयो।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।