नेपाली काँगेस (सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान) द्वारा विशेष पत्रकार सम्मेलनको आह्वान
७ श्रावण, २०८३, बिहिवार
- महाअभियानका सह-संयोजक एवम् प्रवक्ता लोकेश ढकालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महाअभियानले आफ्नो राजनीतिक अवधारणा सार्वजनिक गर्ने उद्देश्यले उक्त पत्रकार सम्मेलन डाकेको हो।
काठमाडौँ: नेपाली काँगेसभित्र सक्रिय ‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ले आगामी साउन ८ गते शुक्रबारका दिन एक विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।
महाअभियानका सह-संयोजक एवम् प्रवक्ता लोकेश ढकालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महाअभियानले आफ्नो राजनीतिक अवधारणा सार्वजनिक गर्ने उद्देश्यले उक्त पत्रकार सम्मेलन डाकेको हो।
नेपाली काँगेसभित्र वि.सं. २०७९ सालदेखि सनातन हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियान गठन गरी वैचारिक आन्दोलन सञ्चालन गरिँदै आएको छ। यसअघि पार्टीको गोदावरीमा सम्पन्न महासमिति बैठकमा समेत अभियानका वर्तमान संयोजक शंकर भण्डारीको अगुवाइमा बहुमत सदस्यहरूको हस्ताक्षरसहित सनातन हिन्दूराष्ट्रको पक्षमा माग प्रस्तुत गरिएको विज्ञप्तिमा स्मरण गराइएको छ।
महाअभियानले वर्तमान समयमा नेपाली काँगेस सिद्धान्तहीन र दिशाहिन बन्दै विभाजनतर्फ अग्रसर भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा पार्टी विभाजन नहोस् र वैचारिक आधारमा पार्टीभित्र बृहत् एकता कायम होस् भन्ने आग्रह गर्दै अभियानको स्पष्ट राजनीतिक दृष्टिकोण सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न लागिएको जनाइएको छ।
पत्रकार सम्मेलनको विवरण:
मिति: शुक्रबार, ८ साउन २०८३
समय: दिउँसो ठीक २ बजे
स्थान: अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौँ
आयोजकका तर्फबाट राष्ट्रिय दैनिक, साप्ताहिक, टेलिभिजन, रेडियो तथा अनलाइन पत्रिकाका मिडिया टोली एवम् प्रतिनिधिहरूलाई समाचार संकलनका लागि उपस्थिति भइदिन हार्दिक आमन्त्रण गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।