शिक्षामन्त्रीको राजीनामा मागबाट पछि नहट्ने ककरोच जनता पार्टीको अडान

७ श्रावण, २०८३, बिहिवार
सारांश
  • यसअघि मन्त्री नड्डाले सरकारले आन्दोलनकारीसँग संवाद गर्न तयार रहेको र यस विषयमा संसद नै गहन छलफलका लागि उपयुक्त स्थान भएको बताएका थिए । उनले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्षी दुवै पक्षले जिम्मेवारीपूर्वक समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

काठमाडौँ: भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी आन्दोलनका बीच ककरोच जनता पार्टी (सिजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट गरेको छ ।

 

पार्टीका प्रमुख प्रवक्ता सौरभ दासले आन्दोलनकारी तथा वातावरण अभियन्ता सोनम वाङ्चुकसँग पटक-पटक छलफल भएको जानकारी दिँदै आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउन सबैलाई आग्रह गरिएको बताए ।

 

उनले विगतका आन्दोलनमा असामाजिक तत्व घुसाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था हुन नदिन सबैलाई संयम अपनाउन आग्रह गरेका छन् ।

 

केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षी दलले आन्दोलनलाई राजनीतिक रूपमा प्रयोग गरिरहेको बताएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै दासले ३० दिनभन्दा बढी समयदेखि आन्दोलनरत नागरिकको मागलाई बेवास्ता गर्नु उचित नभएको बताए । उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट नहटेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

 

यसअघि मन्त्री नड्डाले सरकारले आन्दोलनकारीसँग संवाद गर्न तयार रहेको र यस विषयमा संसद नै गहन छलफलका लागि उपयुक्त स्थान भएको बताएका थिए । उनले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्षी दुवै पक्षले जिम्मेवारीपूर्वक समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

 

यसैबीच आन्दोलनप्रति कैयौं भारतीय सेलिब्रेटी र क्रिकेटरहरुले समेत समर्थन गरेका छन् । अभिनेता सलमान खानले विद्यार्थीहरुको मागको समर्थन गर्दै शिक्षाको विषय भएकाले यसमा राजनीति गर्न नहुने बताएका छन् । त्यस्तै कमल हसनले पनि आन्दोलनको समर्थन गर्दै विद्यार्थीका माग सुन्नुपर्ने बताएका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार