अर्जेन्टिनालाई हराउदै स्पेनले दोस्रो पटक जित्यो विश्वकपको उपाधि

४ श्रावण, २०८३, सोमवार
सारांश
  • स्पेनका लागि फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् ।

काठमाडौँ: स्पेनले दोस्रो पटक फिफा विश्वकप फुटबलको उपाधि जित्दै विश्व फुटबलमा फेरि आफ्नो प्रभुत्व स्थापित गरेको छ ।

 

रोमाञ्चक फाइनलमा स्पेनले १० खेलाडीमा सीमित अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भएको हो । स्पेनका लागि फेरान टोरेसले अतिरिक्त समयको १०६औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् ।

 

खेलभर अधिकांश समय बलमा नियन्त्रण कायम राखेको स्पेनले अर्जेन्टिनामाथि लगातार दबाब सिर्जना गरेको थियो । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई प्रभावहीन बनाउँदै स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गरेको थियो ।

 

निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि फेरान टोरेसले गरेको एकमात्र गोल नै स्पेनलाई विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो । स्पेनले यससँगै इतिहासमा दोस्रो पटक विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाएको छ । स्पेनले यसअघि २०१० मा विश्वकपको उपाधि जितेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार