विश्वकप हारपछि अर्जेन्टिनाको ब्युनस आयर्समा हिंसात्मक झडप
४ श्रावण, २०८३, सोमवार
- प्रहरीले मोटरसाइकलमार्फत उपद्रवीलाई नियन्त्रणमा लिन थालेपछि अभिभावकहरू साना बालबालिकालाई लिएर सुरक्षित स्थानतर्फ भागेका थिए । अनुहार छोपेका र मदिरा सेवन गरेका केही व्यक्तिले पसलका सिसा फुटाउनुका साथै एक नाट्यगृहमा समेत जबर्जस्ती प्रवेश गरी क्षति पुर्याएका थिए ।
काठमाडौँ: फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना पराजित भएपछि राजधानी ब्युनस आयर्समा भएको समर्थकहरूको शान्तिपूर्ण जमघट हिंसात्मक बनेको छ । उपद्रवी समूहले तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्पेनसँग फाइनलमा १-० ले पराजित भए पनि अर्जेन्टिनाको उत्कृष्ट प्रदर्शनको सम्मानमा हजारौँ समर्थक राति ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा भेला भएका थिए । सुरुमा शान्तिपूर्ण रहेको कार्यक्रमपछि केही उपद्रवी समूहले ढुंगामुढा, तोडफोड र लुटपाट गर्न थालेपछि प्रहरी हस्तक्षेप गर्न बाध्य भएको थियो ।
प्रहरीले मोटरसाइकलमार्फत उपद्रवीलाई नियन्त्रणमा लिन थालेपछि अभिभावकहरू साना बालबालिकालाई लिएर सुरक्षित स्थानतर्फ भागेका थिए । अनुहार छोपेका र मदिरा सेवन गरेका केही व्यक्तिले पसलका सिसा फुटाउनुका साथै एक नाट्यगृहमा समेत जबर्जस्ती प्रवेश गरी क्षति पुर्याएका थिए ।
यस घटनाले अर्जेन्टिनाले २४ वर्षयताकै उत्कृष्ट विश्वकप प्रदर्शन गरेपछि समर्थकहरूले गरेको उत्सवमा खलल पुर्याएको छ ।
ब्युनस आयर्सको ओबेलिस्क क्षेत्रमा सामान्यतया जितको उत्सव मनाइने भए पनि यसपटक हारका बाबजुद हजारौँ समर्थक टोलीको सम्मानमा भेला भएका थिए। उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै, गीत गाउँदै र "अर्जेन्टिना, अर्जेन्टिना" भन्दै टोलीको समर्थन गरेका थिए । यद्यपि टोलीको प्रदर्शनप्रति गर्व गरे पनि धेरै समर्थकले विश्वकप उपाधि गुमाएको पीडा लुकाउन सकेनन् । लियोनेल मेसीको सम्भावित अन्तिम विश्वकप आसुसँगै विदाई भएको भन्दै उनका फ्यानहरु निराश बनेका थिए ।
यता विश्वकपको उपाधि जितेको स्पेनमा भने समर्थकहरूले विभिन्न सहरमा भव्य उत्सव मनाएका छन् । राजधानी म्याड्रिडका सडकमा हजारौँ समर्थक भेला भई आतसबाजी गरेका थिए भने उपाधि उत्सवका क्रममा कुनै हिंसात्मक घटना सार्वजनिक भएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।