- १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: नेपालमा आज १ हजार २५० मेट्रिक टन डिएपी मल आइपुग्ने भएको छ ।
ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल आज नेपाल आईपुग्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारि भै रहेको कृषि सामग्रि कम्पनीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।