देशभर ४५.८१ प्रतिशत धान रोपाइँ, गण्डकीमा सबैभन्दा बढी

२०८३ अषाढ़ २८ आइतवार
सारांश
  • शभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

काठमाण्डौ, २८ अषाढ़ । देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

 

गत वर्ष सोही अवधिमा भने ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो । यसले यस वर्ष धान रोपाइँको गति अघिल्लो वर्षको तुलनामा सुस्त रहेको देखाएको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा धान रोपाइँ भएको छ ।

 

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६५.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत क्षेत्रमा,   बागमतीमा ५७.१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ ।

 

गत वर्ष सोही अवधिमा भने सुदूरपश्चिम प्रदेशमा ९३. १० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।

 

मन्त्रालयको तथ्यांकले यस वर्ष अधिकांश प्रदेशमा धान रोपाइँको प्रगति गत वर्षको तुलनामा कम रहेको देखाएको छ । यसको प्रमुख कारण मनसुन ढिला शुरु हुनु र मलखादको व्यवस्था नहुनु रहेको बताइएको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार