एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

३२ आषाढ़, २०८३, बिहिवार
सारांश
  • २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा भएको मधेस आन्दोलनमा थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएको थियो ।

काठमाडौँ: नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । 

 

विहिबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै कोइरीलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले पुनरावेदन गर्न पाउने समय बाँकी रहँदा नै कोइरीलाई गैरकानुनी रुपमा पक्राउ पुर्जी दिएर थुनामा पठाएको भन्दै रिहा गर्न आदेश दिएको छ ।

 

२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा भएको मधेस आन्दोलनमा थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएको थियो । 

 

उच्च अदालत जनकपुरमा पुनरावेदनमा जाँदा उनलाई यहि असार १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै इलाका प्रहरी कार्यालयले असार १८ गते उनलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै  उनका छोरा मनोजकुमारले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार