शिक्षामन्त्री पोखरेल र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता
३२ आषाढ़, २०८३, बिहिवार
- जापानी राजदूत तोरुले नेपाल सरकारले सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि थालेका प्रयासको प्रशंसा गर्दै जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौँ: शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । विहिबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, साझा हित र आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो ।
भेटमा शिक्षा क्षेत्रमा दुई देशबीच गर्न सकिने सम्भावित सहकार्यका विषयमा पनि विचार–विमर्श भएको थियो । मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै चुनौती स्वीकार गरेर नै सुधारको प्रक्रिया सुरु हुने बताए ।
मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको परिणाम आउन समय लाग्ने भए पनि सुधारको काम तत्काल सुरु गर्नुपर्ने धारणा राखे । विद्यालयको भौतिक अवस्था मूल्याङ्कन गरी आवश्यकताका आधारमा बजेट व्यवस्थापन गर्ने काम अघि बढाइएको जानकारी दिँदै उहाँले सुरक्षित विद्यालय पूर्वाधार, प्रविधिमैत्री सिकाइ, शिक्षकको क्षमता विकास, स्वास्थ्य तथा पोषणका क्षेत्रमा जापानसँग सहकार्य गर्न सकिने बताए ।
जापानी राजदूत तोरुले नेपाल सरकारले सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि थालेका प्रयासको प्रशंसा गर्दै जापान सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिम, सुशासन र दीर्घकालीन नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा जापानले सहयोग गर्न तयार रहेको बताए ।
राजदूत तोरुले शिक्षा सुधारको परिणाम देखिन समय लाग्ने भएकाले धैर्य र निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले नेपाल–जापानबीच सूचना प्रविधि, डिजिटल पूर्वाधार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’