- आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ ।
काठमाण्डौ, ३१ अषाढ़ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनअन्तर्गत बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् तथा ती महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।