संसदमा ‘ट्रक साहित्य’ उल्लेख गर्दै रिमा विश्वकर्माको सरकारलाई ध्यानाकर्षण

३० आषाढ़, २०८३, मगलवार
सारांश
  • मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले आत्मदाहका घटना बढेको प्रति सरकारको ध्यानाकर्षण गराउदै ट्रक साहित्य स्मरण गराएकी हुन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले‘ट्रक साहित्य’ मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले आत्मदाहका घटना बढेको प्रति सरकारको ध्यानाकर्षण गराउदै ट्रक साहित्य स्मरण गराएकी हुन् । 

 

उनले भनिन्- ‘एक्सप्रेस वे मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु । हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ ।’

 

सांसद विश्वकर्माले सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाउनुपर्ने माग गरिन् । उनले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि आत्मसाथ गर्न आग्रह गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार