भारतसँग संवादमा संकोच गर्नु नेपालको हितमा हुँदैन: केशव पौडेल
२०८३ अषाढ़ ३० मङ्गलवार
- वरिष्ठ पत्रकार केशव पौडेलले वर्तमान सरकारले आफ्नो पहिलो १०० दिनमा परराष्ट्र नीतिको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरेका छन्।
काठमाण्डौ, ३० अषाढ़ । वरिष्ठ पत्रकार केशव पौडेलले वर्तमान सरकारले आफ्नो पहिलो १०० दिनमा परराष्ट्र नीतिको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरेका छन्।
उनका अनुसार विशेषगरी नेपाल–भारत सम्बन्धमा आवश्यक स्तरको उच्च राजनीतिक तथा कूटनीतिक संलग्नता देखिन सकेको छैन। हालै नेपाली चियाको भारततर्फको निर्यातमा देखिएको अवरोधजस्ता घटनाले द्विपक्षीय सम्बन्धमा रहेका व्यावहारिक चुनौतीहरूलाई उजागर गरेको उनले बताए।
"नेपालको आर्थिक, व्यापारिक तथा रणनीतिक हित भारतसँग अत्यन्त गहिरोसँग जोडिएको छ। यस्तो अवस्थामा भारतबाट नेपाल भ्रमणमा आउने सरकारी प्रतिनिधि वा उच्च अधिकारीहरूसँग भेटघाट गर्न वा संवाद गर्न हिच्किचाउनु नेपालको राष्ट्रिय हितअनुकूल हुँदैन," पौडेलको भनाइ छ।
उनले कूटनीतिमा नियमित संवाद, विश्वास निर्माण र उच्चस्तरीय राजनीतिक सम्पर्कलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई थप सक्रिय, परिणाममुखी र व्यावहारिक बनाउनु आवश्यक रहेको बताए।
साथै, व्यापार, लगानी, पारवहन, ऊर्जा तथा सीमा व्यवस्थापनजस्ता साझा चासोका विषयमा दुवै देशबीच निरन्तर संवाद र समाधानमुखी पहल आवश्यक रहेको उनको धारणा छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।