- यसअघि अप्रिल २०१८ मा मजिस्ट्रेट अदालतले चेक बाउन्स मुद्दामा राजपाल यादव र उनकी पत्नी राधालाई दोषी ठहर गर्दै यादवलाई ६ महिनाको जेल सजाय सुनाएको थियो । त्यसपछि सन् २०१९ को सुरुमा सेसन अदालतले पनि उक्त फैसला सदर गरेको थियो ।
काठमाडौं: बलिउड अभिनेता राजपाल यादव चेक बाउन्ससम्बन्धी मुद्दामा थप कानुनी समस्यामा परेका छन् । शुक्रबार दिल्ली उच्च अदालतले यस मुद्दामा यसअघि सुनाइएको सजालाई यथावत् राख्दै सम्बन्धित निकायलाई उनलाई पुनः जेल पठाउन आदेश दिएको छ । अदालतले यादवको व्यवहार शंकास्पद रहेको टिप्पणी गर्दै राहत दिन अस्वीकार गरेको हो ।
यो मुद्दाको सुरुआत सन् २०१० मा भएको थियो । निर्देशकका रूपमा आफ्नो पहिलो चलचित्र ‘अता पता लापता’ निर्माण गर्न राजपाल यादवले मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए । चलचित्र व्यावसायिक रूपमा असफल भएपछि उनले समयमै ऋण तिर्न सकेनन् । त्यसपछि दिएको चेक बाउन्स भएपछि विवाद अदालतसम्म पुगेको थियो ।
मुद्दाको सुनुवाइका क्रममा दिल्ली उच्च अदालतले पटक-पटक प्रतिबद्धता जनाए पनि यादवले बाँकी रकम नतिरेको उल्लेख गर्दै उनको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ । अदालतले उनले करिब ९ करोड भारतीय रुपैयाँ बराबरको बक्यौता रकम तिर्न पर्याप्त प्रयास नगरेको निष्कर्ष निकाल्दै पुनः जेल पठाउन आदेश दिएको हो ।
यसअघि अप्रिल २०१८ मा मजिस्ट्रेट अदालतले चेक बाउन्स मुद्दामा राजपाल यादव र उनकी पत्नी राधालाई दोषी ठहर गर्दै यादवलाई ६ महिनाको जेल सजाय सुनाएको थियो । त्यसपछि सन् २०१९ को सुरुमा सेसन अदालतले पनि उक्त फैसला सदर गरेको थियो ।
त्यसविरुद्ध यादवले दिल्ली उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्च अदालतले जुन २०२४ मा सजायमा अस्थायी रोक लगाउँदै बक्यौता रकम तिर्न गम्भीर पहल गर्न निर्देशन दिएको थियो ।
तर तोकिएको रकम तिर्न नसकेपछि अदालतले यस वर्ष फेब्रुअरी २ मा आत्मसमर्पण गर्न आदेश दिएको थियो । त्यसअनुसार यादवले फेब्रुअरी ५ मा दिल्लीस्थित तिहाड कारागारमा आत्मसमर्पण गरेका थिए र फेब्रुअरी १७ सम्म १२ दिन कारागारमा बसेका थिए । पछिल्लो आदेशमा उच्च अदालतले रकम फिर्ता गर्ने आफ्नो प्रतिबद्धता यादवले पटक-पटक पूरा गर्न असफल भएको उल्लेख गर्दै सजालाई कायम राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
तीन खेलको टी-२० सिरिज खेल्न भारत ए टिम नेपाल आउने
-
माछाका भुरा वितरणमा ७२ लाखभन्दा बढी हिनामिना, चार जनाविरुद्ध मुद्दा दायर
-
समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न, प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्- विश्वप्रकाश शर्मा
-
रकेट प्रविधिमा चीनको ठूलो सफलता, पहिलो पटक बुस्टरको समुद्रमा सुरक्षित अवतरण गराइयो
-
नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था कानूनी राज्यको गम्भीर असफलता हो- उपेन्द्र यादव
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।