- बलिउड अभिनेता आमिर खान र उनकी जीवनसाथी गौरी स्प्राटको विवाह सम्पन्न भएको छ ।
काठमाण्डौ, २२ अषाढ़ । बलिउड अभिनेता आमिर खान र उनकी जीवनसाथी गौरी स्प्राटको विवाह सम्पन्न भएको छ । आइतबार मुम्बईको पाली हिलस्थित आमिर खानको निवासमा विवाह सम्पन्न भएको हो ।
विवाहमा करिब एक सयदेखि एक सय पचास जनासम्म आफन्त, बाल्यकालका साथी तथा चलचित्र क्षेत्रका सीमित सहकर्मी सहभागी भएका थिए । चलचित्र निर्देशक आशुतोष गोवारिकर पनि समारोहमा उपस्थित थिए ।
आमिर खान र गौरी स्प्राट पहिलो पटक करिब २५ वर्षअघि भेटिएका थिए । त्यसपछि लामो समय उनीहरूको सम्पर्क टुटेको थियो । सन् २०२४ मा आमिरकी बहिनी नुजहत खानमार्फत बेंगलुरुमा उनीहरूको पुनः भेट भएको बताइएको छ । त्यसपछि दुवैबीच टाढाबाट सम्बन्ध अघि बढेको थियो । आमिरले आफ्नो ६०औँ जन्मदिनको अवसरमा सन् २०२५ को मार्च महिनामा गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा परिचय गराएका थिए । त्यसयता गौरी बेंगलुरुबाट मुम्बई सरेकी छन् र आमिरको चलचित्र निर्माण संस्थासँग पनि आबद्ध रहेकी छन् ।
दुवैको निजी विवाह समारोहको पहिलो तस्बिर सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्बिरले मुम्बईस्थित पाली हिलमा रहेको आमिरको निवासमा सम्पन्न अन्तरंग विवाह समारोहको झलक देखाएको हो । सार्वजनिक तस्बिरमा आमिर विवाह दर्ताका लागि आधिकारिक कागजातमा हस्ताक्षर गर्दै देखिएका छन् । यस्तै आमिरका कान्छा छोरा आजाद राव खान पनि बाबुको छेउमा बसेर विवाह दर्ताको प्रक्रिया नियालिरहेका छन् ।
विवाहस्थललाई हल्का रङका फूल, मैनबत्ती र सादगीपूर्ण सजावटले आकर्षक बनाइएको थियो । समारोहमा सहभागी परिवारका सदस्य तथा निकट साथीभाइले यो विशेष क्षणलाई आफ्नो मोबाइलमा कैद गरिरहेका देखिन्छन् ।
आमिरले यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए । सन् २००२ मा सम्बन्धविच्छेद भएपछि उनले सन् २००५ मा निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए । सन् २०२१ मा आमिर र किरणबीच सम्बन्धविच्छेद भएको थियो ।
मिडिया रिपोर्ट अनुसार गौरी स्प्रैट बैंगलोरकी सैलुन व्यवसायी तथा फेसन प्रोफेशनल हुन् । उनी मिश्रित सांस्कृतिक पृष्ठभूमिबाट आएकी हुन् । उनका बुबा तमिल–ब्रिटिस मूलका र आमा पंजाबी–आयरिस मूलकी हुन् । उनी १९२० को दशकमा भारतको स्वतन्त्रता आन्दोलनसँग जोडिएका ब्रिटिस कम्युनिस्ट फिलिप स्प्रैटकी नातिनी पनि हुन् । गौरीले लन्डन विश्वविद्यालय अफ द आर्ट्सबाट फेसन र स्टाइलिङ अध्ययन गरेकी हुन् । हाल उनी मुम्बईमा ‘बीब्लन्ट’ सैलुन सञ्चालन गरिरहेकी छिन् । उनी आमिर खान प्रोडक्सनसँग पनि काम गरिरहेकी बताइन्छ ।
रीना दत्तासँग उनको पहिलो विवाह १६ वर्ष टिकेको थियो भने किरण रावसँगको दोस्रो विवाह १५ वर्षपछि २०२१ मा टुंगिएको थियो । दुवै सम्बन्धबाट उनका तीन सन्तान छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
-
राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूत लरेन्जोको बिदाइ भेट
-
जय नेपाल पार्टीले अघि सार्यो सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्रको एजेन्डा
-
इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
-
रुसी आक्रमणमा किभमा १३ जनाको मृत्यु
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।