अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह
२०८३ अषाढ़ २६ शुक्रवार
- शिक्षा तथा खेलकुद मन्त्रालयको ए लेभल, सीबीएसइ, आइबीडिपी लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
काठमाण्डौ, २६ अषाढ़ । शिक्षा तथा खेलकुद मन्त्रालयको ए लेभल, सीबीएसइ, आइबीडिपी लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था पालना गर्न सबै सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
यसै सन्दर्भमा मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।