नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ८६ करोडको कारोबार

२६ आषाढ़, २०८३, शुक्रवार
सारांश
  • आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से १.१३ अंकले घटेर २६००.७८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३६७ कम्पनिका एक करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ मा कारोबार भएको थियो । आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको शेयर १०.६६ प्रतिशतले बढेको छ भने कुमारी इक्विटी फण्डको शेयर ९.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी भगवती हाइड्रोको शेयर ७.८४ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी नेपाल बैंक डिभेन्चर ८७ को ८९ करोड ९१ लाख बराबरको कारोबार भएको छ भने आरबिबिएल डिभेन्चर ८३ को ६९ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार