मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग
२५ आषाढ़, २०८३, बिहिवार
- सांसद केसीले आयोगका अध्यक्षका अनुसार आयोगका सुझावमध्ये हालसम्म करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख गर्दै आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद र खेदपूर्ण भएको धारणा राखेका थिए ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु आयोगको अवमूल्यन मात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथिको प्रश्न भएको बताउदै प्रतिवेदन तत्काल सार्बजनिक गर्न माग गरेका हुन् ।
उनले भने, ‘नेपाल राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र हैन यो विश्व मानव अधिकार प्रणालीसँग जोडिएको महत्वपूर्ण संरचना हो । यसले संयुक्त राष्ट्रसंघीय मानव अधिकार अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धि संस्थाहरुसँग सहकार्य गर्दै नेपालको मानव अधिकारको अवस्था बारे विश्व समुदायलाई जानकारी गराउँदछ । आयोगको प्रतिवेदन र सिफारिसहरुको उपेक्षा गर्नु केवल राष्ट्रिय मानवअधिकार आयोगको अवमुल्याङकन र अपहेलना मात्र हैन । यो अन्तराष्ट्रिय प्रतिवद्धता र विश्वासनीयताको हो । विधीको शाषन र लोकतन्त्रको छविलाई नै उपहास गर्ने काम हो ।'
सांसद केसीले आयोगका अध्यक्षका अनुसार आयोगका सुझावमध्ये हालसम्म करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको उल्लेख गर्दै आयोगका सदस्य लिली थापाको प्रतिवेदन अझै सार्वजनिक नहुनु दुःखद र खेदपूर्ण भएको धारणा राखेका थिए ।
सांसद केसीले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न, सांसदहरूलाई उपलब्ध गराउन र आवश्यक कानुनी कारबाही तत्काल सुरु गर्न सरकारसँग माग गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८११ पुग्यो
-
संघीय संसदमा 'राष्ट्रिय सेवा दल' सम्बन्धी नयाँ विधेयक पेश: अनुशासित र देशभक्त जनशक्ति तयार गर्ने लक्ष्य
-
राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेको परिचय खुल्यो, वीर अस्पतालमा उपचार हुदै
-
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६१ करोडको कारोबार
-
भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा सम्झौता, युरेनियम आपूर्तिको बाटो खुल्यो
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।