- यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।
काठमाडौं: राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो ।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए ।
बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहेको बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य नियुक्त
-
म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते
-
संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए
-
एआई चिपको उच्च मागले सामसङको नाफामा १९ गुणा वृद्धि हुने अनुमान
-
ऊर्जा क्षेत्रमा ४६ अर्ब २५ करोड बजेट, आगामी वर्ष १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।