राष्ट्रिय सभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित

२३ आषाढ़, २०८३, मगलवार
सारांश
  • यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो ।  यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।

काठमाडौं: राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार बहुमतले पारित भएको हो ।

 

राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो । 

 

यसअघि प्रतिनिधिसभा बैठकबाट असार ४ गते विनियोजन विधेयक पारित भएको थियो ।  यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको छ ।

 

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका थिए । 

 

बजेटमा चालुतर्फ १२ खर्ब ७० अर्ब र पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहेको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । त्यस्तै राजस्व १४ खर्ब ५ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहेको बजेटमा उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब रहेको छ । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार