कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य नियुक्त
२३ आषाढ़, २०८३, मगलवार
- नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम मंगलबार विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानमा आठ जना सदस्य नियुक्त गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम मंगलबार विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
नियुक्त हुनेहरूमा केन्द्रीय सदस्य तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पन्थ, ह्योल्मो अल्पसंख्यक समुदायसम्बन्धी विद्यावारिधि गरेका डा. प्रेमध्वज लामा, सार्वजनिक नीतिमा स्नातकोत्तर तथा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्ले, एलजिबिटिक्युआइए समुदायको प्रतिनिधित्व गर्ने अंग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईं, आमसञ्चार विषयमा स्नातकोत्तर मोहन गजुरेल तथा आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अनुपा श्रेष्ठ रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।