विश्वकपबाट आयोजक अमेरिका बाहिरियो, जितसँगै बेल्जियम क्वाटरफाइनलमा
२०८३ अषाढ़ २३ मङ्गलवार
- योसँगै पछिल्ला पाँच विश्वकपमध्ये अमेरिकाले चार पटक अन्तिम १६ चरणमै यात्रा टुंग्याएको छ ।
काठमाण्डौ, २३ अषाढ़ । फोलारिन बालोगुन पुनः टोलीमा फर्किए पनि अमेरिका फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकामाथि ४-१ को प्रभावशाली जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
बेल्जियमको जितमा चार्ल्स डे केटेलारेले दुई गोल गरे भने हान्स भानाकेनले अमेरिकी गोलरक्षक म्याट फ्रिसेको गम्भीर गल्तीको फाइदा उठाउँदै अर्को गोल थपे । त्यस्तै, इन्जुरी समयमा रोमेलु लुकाकुले नजिकैबाट शक्तिशाली प्रहार गर्दै बेल्जियमको चौथो गोल गरेका थिए ।
योसँगै पछिल्ला पाँच विश्वकपमध्ये अमेरिकाले चार पटक अन्तिम १६ चरणमै यात्रा टुंग्याएको छ । सन् २०१८ मा भने अमेरिका विश्वकपका लागि छनोट हुन नै सकेको थिएन । सन् २०१४ को विश्वकपमा पनि बेल्जियमले अमेरिकालाई अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यसबेला खेल अतिरिक्त समयसम्म पुगेको थियो भने यसपटक बेल्जियम सुरुदेखि नै हावी देखियो ।
अब बेल्जियमले क्वाटरफाइनलमा स्पेनको सामना गर्ने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।