वर्षापछि सामाखुसी खोलाको आसपासको बस्ती जोखिममा

२१ आषाढ़, २०८३, आइतवार
सारांश
  • भेलका कारण खोलाको किनारामा क्षति पुगेको छ भने थप जोखिम हुन नदिन आवश्यक सुरक्षा तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

काठमाडौँ: शनिबार राति परेको अविरल वर्षापछि आएको भेलले सामाखुसी खोलाको चिरायु अस्पताल र विद्युत् प्राधिकरण वितरण केन्द्र नजिकको क्षेत्रमा क्षति पुर्‍याउँदै आसपासको बस्ती जोखिममा परेको छ ।

 

जोखिम न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल तत्काल परिचालन भएको छ । नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेलको नेतृत्वमा रहेको प्रतिकार्य टोलीले प्रभावित क्षेत्रमा जोखिम कम गर्ने तथा बस्ती सुरक्षित बनाउने काम गरिरहेको महानगरपालिकाले जनाएको छ।

 

भेलका कारण खोलाको किनारामा क्षति पुगेको छ भने थप जोखिम हुन नदिन आवश्यक सुरक्षा तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार